८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल



काठमाडौं ।
सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई प्राधिकरणको अध्यमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणका प्रशासन तथा अनुमति शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि खनाल प्राधिकरणका निमित्त अध्यक्ष थिए। तत्कालीन अध्यक्ष दिगम्बर झाले उमेरका कारणा राजीनामा दिएपछि मन्त्रिपरिषदले खनाललाई ६ महिनाका लागि कार्यावाहक अध्यक्ष बनाएको थियो। मन्त्रालयले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले प्राधिरकणको अध्यक्षका लागि खनालसँगै डा।नन्दबिक्रम अधिकारी र दीपकराज जोशी सूची मन्त्रिपरिषद्मा पेश गरेको थियो।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ५ : १४ बजे