८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भ्रष्टाचारी नेताले पनि आत्महत्या गर्नुपर्दछ : काग्रेश नेता भण्डारी



बुटवल ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको बताउनु भएको छ ।
नेताहरुले भ्रष्टाचार नगरे मुलुक धेरै राम्रो हुने बताउदै भ्रष्टाचारकै कारण मुलुकको बिकासको गति लिन नसकेको बताउनुभयो ।
रिपोटर्स क्लवले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्ने दाबी गर्नु भयो ।
उहाले काग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भईरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्विकार नगरेको बताउनु भयो । उहाले भन्नुभयो काग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइड बोडी स्विकार गर्न तयार हुनुहुन्न बाहाना बनाई रहनु भएको छ ।
नेता भण्डारीले नेपालका राजनीतिक पार्टीका नेताहरुले नै मुलुकलाई निकास दिन नसकि रहेको बताउनुभयो ।
उहाले काग्रेस सभापति शेर बहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिनुभयो । उहाले भन्नुभयो दुध नदिने भैसी कहिलेसम्म पाली रहने पोखराको उपनिर्वाचन जीताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पदमा बसिरहनुहुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  २ : २४ बजे