७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पेस्तोल ताकेर ‘मार्छु’ भनी धम्क्याउँदै हिँड्ने एक जना दाङबाट पक्राउ



दाङ ।
प्रहरीले बंगलाचुली गाउँपालिका, मूलटापा गाउँबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
शनिबार बिहान स्थानीय ३० वर्षीय शिवबहादुर विकलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रक्सी खाएर स्थानीय होटलमा बास बसेकाहरुलाई पेस्तोल निकालेर ‘मार्छु भनी ताकेर हान्न खोजेको’ भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो । पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६ शनिबार ००:००  ६ : ०५ बजे