४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

बालुवा निकाल्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु



धादिङ ।

धादिङको गजुरी गाउँपालिका –६ स्थित दिरिङ्गाल खोलामा डोजरले बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु भएको छ।

खोलामा डुबेर  गजुरी गाउँपालिका–६ का १९ भिमबहादुर स्याङतान र २१ वर्षीय सुमन स्याङतानको ज्यान भएको हो।

डोजरले बनाएको खाल्टोमा जम्मा भएको पानीमा डुबेर उनीहरुको ज्यान गएको भन्दै स्थानीयले एउटा डोजरमा आगजनी गरेका छन्। स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७६ शनिबार ००:००  ३ : ३९ बजे