६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

काली खोलाले बगाएर मृत्यु



उदयपुर ।
जिल्लाको बेलका नगरपालिका-१ आम्बासीका ६६ वर्षीय राजकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ। आइतबार दिउँसो तामाङलाई स्थानीय काली खोलाले बगाएको भनी सूचना पाएलगत्तै भागलपुरको प्रहरी टोली घटनास्थल पुगेको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले काली खोलाको दोभानमा तामाङको शव फेला पारेको थियो। उक्त स्थानमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट समेत खटिएको टोलीले कानुनी प्रकृया पूरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ। अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ३ : ५१ बजे