४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा



धनुषा ।
प्रदेश २ सरकारले रक्षाबन्धन ९जनै पूर्णिमा० को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएको शुभकामना सन्देशमा लेखिएको छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २९ श्रावण २०७६ बुधबार ००:००  ३ : १६ बजे