९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

डोरियन आँधीबाट अमेरिकाको बहमास द्वीपमा २५ सय बेपत्ता



एजेन्सी ।
संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले जानकारी दिएको छ। यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन्। उनीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्। गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको थियो। थप केही शवहरु भेटिए पछि मृतकको संख्या ५० पुगेको बुधबार बताइएको छ। बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताउनु भएको थियो। आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन्।

प्रकाशित मिति : २६ भदौ २०७६ बिहिबार ००:००  ४ : ४८ बजे