कपिलवस्तु। बाणगंगा नगरपालिका–२ नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुलम (आवासीय) का बटुकहरूका लागि विभिन्न संस्थाले खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेका छन्।
मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा–२ नन्दनगरले करिब ४ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री गुरुकुललाई हस्तान्तरण गरेको उपाध्यक्ष पुस्कर घिमिरेले जानकारी दिएका छन् । सहयाेग हस्तान्तरण कार्यक्रममा बाेल्दै उपाध्यक्ष घिमिरेले संस्कार सस्कृति संरक्षणमा गुरूकुलले महत्वपूर्ण टेवा पुराएकाेले सामुदायिक बनले सहयाेग गरेकाे समेत उनले बताए ।
त्यसैगरी, नेपाल टेलिकम, भैरहवाले पनि १ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्दै गुरुकुल सञ्चालनमा सहयोग पुर्याएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा विद्यापिठका अध्यक्ष, गुरुकुलका स्वामीज्यूले सहयोगी संस्था तथा उपस्थित भक्तजनप्रति आभार व्यक्त गर्दै धार्मिक, नैतिक तथा मानवीय सेवाको महत्वबारे आशिर्बचन प्रदान गर्नुभएको थियो। उहाँले समाजका विभिन्न क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले गुरुकुलमा अध्ययनरत बटुकहरूको शिक्षा, संस्कार र दैनिक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय समाजसेवी, भक्तजन, सामुदायिक वनका पदाधिकारी, नेपाल टेलिकमका प्रतिनिधि तथा गुरुकुल परिवारको सहभागिता रहेको थियो।








प्रतिक्रिया