३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

तरूण दलमा भाडभैलो, महासचिवले अध्यक्षलाई नै कारबाही गरे



काठमाडौं ।
आन्तरिक विवादमा फसेको नेपाल तरुण दलका अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरेका छन् ।
अनुशासनहीन गतिविधि गरेको भन्दै अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेका थिए ।

यो पनि पढ्नुहोस

तरुण दलका अध्यक्षले गरे महासचिव शाहीलाई सदस्य पनि नरहने गरी कारबाही
त्यसको जवाफमा शाहीले पनि चारबुँदे आरोप लगाएर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् । यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०७६ शनिबार ००:००  ७ : २५ बजे