३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

रुपन्देही गोलीकाण्डः पहिला युवकको हत्या, साथमा भएको रकम लुटेर फरार



भैरहवा ।
रुपन्देहीको रोहिणी गाउँपालिका-३ स्थित रोहिणीखोला नजिक गोली प्रहार गरी स्थानीय ४० वर्षीय महेन्द्र कुर्मीको हत्या गरिएको छ। रुपन्देहीका एसपी हृदय थापाले दिएको जानकारीअनुसार, गोली लागेर ओमसतिया ५ पट्खौलीका कुर्मीको मृत्यु भएको हो । मृतकको बायाँ कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाँदै थिए। संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रहरी नायब उपरीक्षक चन्द्र थापाले मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी उनीसँग भएको रकमसमेत लुटेर फरार भएको जानकारी दिए। उनका अनुसार गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको थियो ।

गोली कसले र किन चलाएको भन्ने विषय नखुलेको उनले बताए । गोली प्रहार गर्ने युवा फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७६ आइतबार ००:००  ५ : ०८ बजे