मायादेवी अनलाइन, वाणगंगा ।
दशैंको सातौं दिन शनिबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ ।
कपिलवस्तुका वाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिकाका विभिन्न मठमन्दिरमा पनि फूलपाती भित्राइएको छ ।
यसैगरी गोरुसिंगे स्थित नेपाली सेनाको नारायणगढ दलले पनि भव्य समारोहका बीच फूलपाती भित्राएको छ ।
घटस्थापनाका दिनदेखि दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीको दिनदेखि शुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म दशैंको सार्बजनिक विदा हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरू मूलघरमा दशैंको टीका थाप्न जाने क्रम बढेको छ ।
गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्ने गरिन्छ ।
१८ आश्विन २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया