१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

माग पूरा नभए १७ औँ अनशन बस्ने डा. केसीको चेतावनी



काठमाडौं ।
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका प्राडा. गोविन्द केसी १७ औँ अनशन बस्‍ने भएका छन्। १६ औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनलगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन सुरु गर्ने डा. केसीले चेतावनी दिएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले सरकारसमक्ष आफ्नो माग पूरा गर्न दुईहप्ते अल्टिमेटमु दिएका हुन्। केसीले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले माग गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  २ : २९ बजे