२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

६ जनाको आक्रमणबाट युवकको हत्या



स्याङ्जा ।
हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।
हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनुभयो ।
रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको छ । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ८ : ३५ बजे