७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कास्की २ मा साझाबाट रजनीले चुनाव लड्ने



काठमाडौं ।
कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि साझा पार्टीले उम्मेदवार चयन गरेको छ। पोखरा महानगरपालिका निवासी केन्द्रीय सदस्य रजनी केसी लाई पार्टीको उम्मेदवार बनाइएको हो। लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि केसीले गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टीमा सामेल भएकी थिइन्। ुपद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत् एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध गर्न साझाले युवा सोचलाई स्थान दिएको पार्टीका प्रवक्ता डा।सुर्यराज आचार्यले बताए। कास्की २ मा फागुन १५ गते ताप्लेजुङमा निधन भएका रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई सत्तारुढले उठाउने सम्भावना छ। साझाले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देशभरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  २ : २५ बजे