२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देवः विकास बैंक हिनामिना प्रकरणः पाँच जना कारागार चलान



दाङ ।

दाङको नारायणपुरमा रहेको तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक अहिलेको देव विकास बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो ।

अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाला वसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र विजय गुप्तालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले बैंक रकम हिनामिनामा संलग्न ५६ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  ८ : १८ बजे