१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

१९ वर्षअघि बलकात्कार पछि हत्या गरी अमेरिका भोगेका बलात्कारीलाई नेपाल ल्याइयो



काठमाडौं ।

१९ वर्षअघि एक युवतीलाई बलात्कार गरी नेपालबाट भागेर अमेरिका पुगेका एक युवकलाई अमेरिकी प्रहरीको सहयोगमा झापाको भद्रपुर नगरपालिका–९ घर भएका लिलाराज गौतमलाई नेपाल ल्याएर पक्राउ गरेको छ ।

अमेरिकाको मियामीमा बस्दै आएका गौतमलाई यसअघि नेपालको सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको थियो । इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमार्फत डिल्लीबजार कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले जनाएको छ ।

२०५७ असोज २९ गते राति सीताराम बस्नेतले सन्ध्या राजवंशीलाई घरबाट बोलाई लगेका र गौतम तथा मनोज खड्कासमेतले करणी गरी घाँटी थिचेर हत्या गरेपछि रूखमा झुन्ड्याएर भागेका थिए । २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  ८ : ५७ बजे