७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्राधिकरण सात अर्ब नाफामा छ, अब लोडसेडिङ हुँदैनः कुलमान



काठमाण्डौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन्।
धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे।आगामी वर्ष दश अर्ब नाफामा पुर्‍याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ।
“हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ।” उनले भने, ‘अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु।”
सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे। तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उनले बताए।
उनले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पुर्‍याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पुर्‍याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पुर्‍याउने बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेशश्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  ४ : २५ बजे