८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘पूल निमार्णले स्थानीयमा ल्यायो खुसी’



दिपक खड्का, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ करहैया र होचुवा गाउँलाई जोड्ने कहर खोलामा पूल नहुँदा स्थानीय बासिन्दाहरुले धैरे समस्या झेल्दै आएका थिए । वर्षाको समयमा बाढी आउदा खाद्यान्नसंगै स्वास्थ्य उपचारमा समेत समस्या हुने गरेको र बालबालिका विद्यालय जानबाट समेत वञ्चित हुने गरेका थिए ।

स्थानीयले पटक, पटक आफ्नो समस्या नगरपालिका र स्थानीय प्रतिनिधिहरु समक्ष कुरा राख्दै आएका थिए । तर अहिले आएर स्थानीयको माग पुरा हुने भएको छ । अत्यन्त विकट मानिएको होचुवा गाउँमा पूल निमार्णसंगै बालबालिका, बृद्ध र सुत्केरी महिलाहरुलाई सहज हुने हचुवा गाउँका स्थानीय मित्र बहादुर विष्टले बताए ।

शिवराज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्रीले यो पूल निमार्णले वडा विकासमा एक खुड्किला पार हुने बताए । आयोजना सम्पन्न् गर्न शिवराज नगरपालिकाले एक करोड पच्पन्न लाख सत्र हजार तीन सय पाँच रुपैया त्रियानब्बे पैसामा ठेक्का लिएको दिपाली निमार्ण सेवाका प्रोप्राइटर दर्लजन के.सीले दुई वर्षको ठेक्काको काम एक वर्षमा सम्पन्न् गर्ने लक्ष्य कम्पनीको रहेको बताए ।

पूलको शिल्यानास कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रदेश सासंद अर्जुन कुमार के.सी ले पूल निमार्णले यस क्षेत्रको जीवन स्तरमाथी आउने बताएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६ आइतबार ००:००  १० : ३८ बजे