१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अग्युरोको दुई गोल, म्यानचेस्टर सिटी क्वाटरफाइनलमा



एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटी लिग कप ९इएफएल कप अर्थात काराबाओ कप० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको चौथो चरणको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल गरेर एक गोल खाएको हो । सिटीका लागि निकोलास ओटामेन्डीले २० औँ तथा सर्जियो अग्युरोले ३८ औँ मिनेटमा गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए ।

यस्तै ५६ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो । साउथह्याम्प्टनका लागि ७५ औँ मिनेटमा ज्याक स्टीफेन्सले एक गोल फर्काए ।

मंगलबार राति नै भएको खेल मा बुर्टनलाई ३–१ ले पराजित गरेर लेस्टर सिटी तथा क्रावलीलाई ३–१ ले पराजित गरेर कोलचेस्टरले पनि अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

यस्तै एभर्टनले वाट्फोर्डलाई २–० तथा निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि टाइब्रेकरमा अक्सफोर्ड युनाइटेडले सन्डरल्याण्डलाई ४–२ ले पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  ८ : ४५ बजे