काठमाण्डौ ।
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै क्लालिफायरमा पुगेको हो । काठमान्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ आभेर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।
लुम्बिनीका डी आर्सी सर्टले ३३, सन्दीप जोराले २३ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए । काठमान्डुका सन्तोष यादवले २, सन्नी पटेल, शाहब आलम, र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३ विकेट लिए ।
इलिमिनेटरमा जितेको लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि दिउँसो ४ बजे दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।







प्रतिक्रिया