८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुदा तीनजनाको मृत्यु, ३० घाइते



काठमाडौं ।
काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बा५ख ५०७० नम्बरको बस दुर्घटनामा करिब ३० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई तत्काल अस्पताल लगिएकाले एकिन विवरण आइनसकेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक रामचन्द्र खड्काले बताए। घाइतेलाई स्थानीय अस्पतालमा पुर्‍याइएको छ। अहिले साँखुका प्रहरी नायव निरीक्षक कमलजंग थापाको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा पुगेको छ। उनका अनुसार मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पताल लगिँदै छ। आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ५ : ५६ बजे