६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गुल्मीमा विभत्स अवस्थामा ३ शव फेला



गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । विभत्स तरिकाले हत्या गरेर जंगलमा फालेको अवस्थामा शव फेला परेको हो । हर्राचौरको आलुखरिपाको जंगलमा कम्तिमा एक साताअघि हत्या गरी फालिएको अवस्थामा स्थानीयले शनिबार शव फेला पारेका हुन् ।
वडा अध्यक्ष किरण शाहका अनुसार अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको शव भेटिएको हो।
शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा फेला परेको छ। महिला र बच्चा सबैको टाउकोमा ढुंगाले हानेर छियाछिया परेका चोट छन्। अध्यक्ष शाहले तीनै जनाको कात्तिक १० गते अघि नै हत्या भएको आशंका गरिएको बताए।
त्यस क्षेत्रबाट जंगलमा खानेपानी ल्याइएको छ। त्यहाँको धारा बनाउन जाने एक जनाले १० गते नै बाटोमा रगत देखेकाले हत्या गरिएको हुन सक्ने उनको आशंका छ। घटनास्थललाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटका हवल्दार जालीराम चौधरीसहितका २ प्रहरीले सुरक्षा दिइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। प्रहरी पुगेपछि मात्र घटनाको थप विवरण आउने उनले बताए। घटनास्थल सदरमुकामबाट झण्डै ७० किलोमिटर उत्तर पूर्वमा पर्छ। घटनास्थल बाग्लुङ र गुल्मीको सिमानामा छ।
-कान्तीपुरबाट

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  २ : ३५ बजे