३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गरिँदै



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ। ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि सारिएको छ। मन्त्रिपरिषद् बैठक पछि उमेद्वार छनोट गर्नका लागि सचिवालय बैठक बोलाइएको छ। प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसकेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सचिवालय सदस्यहरुलाई जनाकरी गराएका थिए। उनले आफू सिकस्त नभएको तर मृगौलाले काम गर्न भने छाडेको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ९ : ५९ बजे