२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गोली हानी अपहरणकारी प्रहरी नियन्त्रणमा, बालकको पनि सकुशल उद्धार



पर्सा ।
वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हो । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ ।

एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले गरे । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने एसपी राठौरले बताए ।काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  १० : ०१ बजे