७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिने भएका छन् । सचिवालय सदस्यहरुले आगामी मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागेको सचिवालय स्रोतले बताएको छ ।
यसअघि हिजो प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन निर्देशन दिएको स्रोतको भनाइ छ ।
सरकारको काम कारबाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज वातावरण बनाउन सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।
प्रधानमन्त्रीको निर्देशनसँगै मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सबैले राजीनामा दिने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ५ : ५७ बजे