३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

‘नेकपा’ को सचिवालय बैठक आज बस्दै



काठमाण्डौँ । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आज बस्दै छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो। बिहान ९ः०० बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने छन्। पार्टी एकताका बाँकी रहेका काम आज बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य व्यस्तताका कारण हुन सकेको थिएन।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ८ : १५ बजे