३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी



चितवन ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन्। आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो। कात्तिक १८ भित्र अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने कलेज प्रशासन र चिकित्शा शिक्षा संघर्ष समितिबीच भएको थियो। समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म कलेजमा अनिश्चितकालीन ताला लगाइएको जनाइएको छ। उता मेडिकल कलेजले भने कुनै पनि शुल्क फिर्ता नगर्ने जनाएको छ। कलेजले शुल्क समायोजन मात्रै गर्न सकिने प्रष्ट्याएको छ। तोकिएकोभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क अवैध रुपमा लिएको दाबीसहित फिर्ता गर्न माग गर्दै विद्यार्थीहरु तीन महिनादेखि आन्दोरनरत छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  १२ : १६ बजे