९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

झोलामा १० केजी गाँजा बोकेर हिँड्दा प्रहरीको फन्दामा



पर्सा ।
आफैँले बोकेको अवैध गाँजाका कारण पर्साका एक युवक प्रहरीको फन्दामा परेका छन्। उनले १० केजी गाँजा झोलामा बोकेर हिँड्दै गर्दा प्रहरी फन्दामा परेका हुन्। प्रहरी फन्दामा पर्ने युवक जिल्लाको पटेर्वासुगौली गाउँपालिका ४ का २५ वर्षीय शिवजन्म माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनले आफैँले बोकेको झोलामा १० केजी गाँजा फेला परेपछि पर्सा मातहतको प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए। अभियुक्तलाई पटेर्वासुगौली गाउँपालिका (२ स्थित रंगपुर चोकमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको उनको भनाइ छ। माझी विना संकोच निर्विवाद झोलामा १०-१० केजी गाँजा लिएर हिँड्दै गरेका थिए। प्रहरी चेकमा परेपछि छोड्ने कुरा भएन। प्रतिबन्धित गाँजासहित प्रहरी नियन्त्रणमा परेका माझीलाई औषधसहित इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भइरहेको छ। उनलाई लागुऔषध मुद्दा नै चल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  २ : २८ बजे