२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

आलमविरुद्ध आदेशको प्रतीक्षा, सुरक्षा व्यवस्था कडा



रौतहट ।
नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मो. अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी थुनछेक बहस शुक्रबार दिउँसो सकिएको हो। पुर्पक्षको आदेश आलमविरुद्ध आए हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला अदालत वरपरको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बिपी चोक तलतिर गौर बजारका सडकका दुवै साइडमा बाक्लो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ। यस्तै केही समयअघि आलम पक्षका मानिसलाई जिल्ला अदालत क्षेत्रबाट सुरक्षाकर्मीले भगाएको थिए। उनीहरूलाई सुरक्षाकर्मीले बिपी चोकभन्दा माथि धपाएका थिए। अहिले अदालत परिसरमा पत्रकार, सुरक्षाकर्मीबाहेक अरूलाई छिर्न दिइएको छैन। बहस सकिएकाले अब जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट पुर्पक्षको आदेश प्रतीक्षा गरिएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ३ : ५९ बजे