२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौजना बिरामी



बैतडी ।

मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलवार एक किशोरीको मृत्यु भएको छ।  मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की छन्। मरेको कुखुराको मासु खाएका एकै परिवारका नौजना बिरामी भएका छन्।  शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएका बताइएको छ।   शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलवार घरमै मृत्यु भएको हो। मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी भएका छन् ।  बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले बताए।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  २ : ०८ बजे