८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुडानमा सिलिन्डर विष्फोट हुदा २३ जनाको मृत्यु



एजेन्सी ।
अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन्। तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन्। भारतीय विदेशमन्त्री एस. जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन्। कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए। घटनाको भएको बेला ५३ जना भारतीय कामदार कारखाना तथा आवास क्षेत्रमा रहेको बताइएको छ। विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  १० : ३४ बजे