७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रदेश १ मा भोलि सार्वजनिक बिदा



भद्रपुर ।
प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश १ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ। बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने जनाइएको छ। झापा, मोरङ, सुनसरीसहित पूर्वी पहाडी जिल्लामा जिल्लामा चासोक तङ्नाम धुमधामका साथ मनाउने चलन छ। धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रूपमा यस पर्वलाई मनाउँदै आएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ७ : ०६ बजे