६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गुल्मीमा वृद्धको हत्या गर्ने अभियुक्त पक्राउ



गुल्मी ।
गुल्मीमा ७२ वर्षिय बृद्धको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षिय देबीराम भण्डारीको हत्या गर्ने सोहि गाउापालिका वडा नम्बर–८ निवासी २० वर्षिय सन्तोष घार्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो ।
भण्डारी गत पुस ५ गते आफनै गोठमा मृतअबस्थामा फेला परेका थिए । मउत फेला परेका भण्डारीको प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्या भएको भन्दै हत्यारा समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भण्डारी आफ्नो गोठमा भैसीको दुध दुहुन गएको र हत्या गर्ने अभियुक्त घर्ति नजिकै दाउरा लिन गएको समयमा दुबै पक्ष बिच आफ्सी विवाद हुँदा ढुंगा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने अभियुक्तलाई जिल्ला प्रहरीले कार्यालय गुल्मीले म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक घलेले बताउनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७६ मंगलबार ००:००  ५ : ४० बजे