७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

घोडाले हान्दा सल्यानमा बालकको ज्यान गयो



सल्यान ।
सल्यानमा घोडाले हान्दा एक बालकको मृत्यु भएको छ। बनगाड कुपिण्डे नगरपालिका ( १ खरेखोलाका कैनडाडाका ८ वर्षीयका राजु बुढा घोडाले हान्दा घाइते भएका थिए। उनको उपचारको क्रममा शुक्रबार राति मेहलकुना हस्पिटलमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

घरमा बानिरहेको घोडाको पुच्छर खेल्नेक्रममा समातेपछि राजुलाई घोडाले लात्ताले हानेको थियो। मृतक बुढा सलीबजारस्थित उज्ज्वल स्टार बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत थिए।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ७ : ५६ बजे