२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

जम्मु कश्मीर भीड्न्तमा गोरखाका अर्जुन थापाको मृत्यु



काठमाडौं ।
जम्मु कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । बुधबार जम्मु कश्मीर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापा मगर रहेको बताइएको छ।
थापा पाँच वर्षअघि भारतीय सेनमा भर्ती भएका थिए । बुधबार भारतीय सेनाले परिवारलाई अर्जुनको मृत्युको खबर पठाएका थिए। २ वर्षअघि आमा गुमाएका उनी ६ महिना अगाडी मात्र विवाह बन्धनमा बाँधिएका थिए।
सेनाले जनाएअनुसार नयाँ वर्षको दिन नौशोरा क्षेत्रका दुई सेनाले सर्च अप्रेसनका क्रममा आतंकवादीले हमला गर्दा भारतीय सेनामा कार्यरत दुई सेनाको मृत्यु भएको हो। उक्त अपरेसनलाई आतंककारीको आन्दोलन सम्बन्धी सूचनाका आधारमा सुरु गरिएको थियो।
गत वर्ष जम्मु कश्मीरमा १६० आतंकवादी मारिए भने १०२ जनालाई पक्राउ गरिएको थियो।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  १ : ०३ बजे