८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेहरु विश्वविद्यालयमा नकाबधारीहरुका जथाभावी हमला



एजेन्सी । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले हमला गरेका छन्। छात्राबासको कोठा–कोठामा पुगेर विद्यार्थीमाथि आक्रमण गरिएको र जेएनयु छात्र संघका अध्यक्षमाथि हमला भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयुभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारीहरु छिरेका थिए। उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट लगातार अस्पताल पठाउनुपरेको छ। घाइतेहरुलाई अहिले एम्स ट्रमा सेन्टरमा राखिएको छ। यतिखेर जेएनयुको प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी तैनाथ गरएको छ। दिल्ली प्रहरीको मूख्यालय बाहिर यो हमलाको विरुद्धमा प्रदर्शन भइरहेको छ। घाइते भएका शिक्षक र विद्यार्थीहरुलाई तत्काल चिकित्सकीय सहायता दिन र हमलाकारीहरुलाई गिरफ्तार गर्न उनीहरुले माग राखेका छन्। जेएनयु प्रशासनले विश्वविद्यालयमा भएको हिंसाको निन्दा गरेको छ।

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  ८ : १७ बजे