८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

न्युजिल्याण्डका कार्टरद्धारा एकै ओभरमा ६ छक्का



एजेन्सी । न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भारतीय खेलाडी रवि शास्त्री र युवराज सिंह जस्तै उनले पनि एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् ।उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वका सातौँ क्रिकेटर बनेका छन् । कार्टरले यो उपलब्धि न्युजिल्याण्डको घरेलु टी–२० प्रतियोगिता ुसुपर स्म्याशुमा नर्दन नाइटविरुद्ध आफ्नो टिम क्यानटरबरी किङ्सलाई जिताउँदा हासिल गरेका हुन् ।

२५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो ।कार्टर घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् ।

यो उपलब्धि हासिल गर्दै कार्टर ग्यारफिल्ड सोबर्स ९सन् १९६८०, रवि शास्त्री सन् १९८४०, हर्शेल गिब्स सन् २००७०, युवराज सिंह ९सन् २००७०, रस व्हाइट्ले ९सन् २०१७०, हजरतुल्लाह जजाई सन् २०१८० को सूचीमा अटाएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  ८ : ३७ बजे