८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म्याग्दीमा पहिरो खस्दा डोजरसहित चालक बेपत्ता



म्याग्दी ।
म्याग्दीको पश्चिमी क्षेत्र धवलागिरी गाउँपालिका–७ हिलापोखरीको रानीवनमा सोमबार बिहान सडक खन्ने क्रममा पहिरो खस्दा डोजर एक्साभेटर पुरिएको छ भने एक्साभेटरका चालक बेपत्ता भएका छन्। सडक माथिबाट खसेको पहिरोमा पुरिएर डोजर चालक धवलागिरी गाउपालिका–४ खिवाङका अन्दाजी ४० वर्षीय शेरबहादुर पुन बेपत्ता भएका हुन्। हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान एक्साभेटर पुरिएको धवलागिरि गाउँपालिका ७ ताकमका वडाअध्यक्ष कलानिधि शर्माले जानकारी दिए। पुरिएको एक्साभेटर बागराज बिल्डर्सको भएको बताइएको छ। स्थानीयबासी र ताकम प्रहरी चौकीको टोलीले पहिरो पन्छाएर बेपत्ता पुनको खोजी थालेको छ।

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  २ : ०१ बजे