मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमी नगरपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड मेयर कप खेलकुद तथा शैक्षिक सामाग्री प्रदर्शनी सुरु भएको छ । नगरपालिकाले निर्माण गरेको खेल मैदानमा भव्य कार्यक्रमका बीच रनिङ शिल्ड सुरु भएको हो । नगर प्रमुख केशव प्रसाद श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा आजदेखि कार्यक्रम सुरु भएको प्रतियोगितामा नगरका नीजि र सामुदायिक विद्यालयले भाग लिएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ । नगरपालिकाले तय गरेको बार्षिक शैक्षिक कार्यक्रम अनुसार आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्रातर्फ दौड, हाइजम्प, लङजम्प, ज्याबलिङ थ्रो, शटपुट, ब्याडमिन्टन, भलिवल, फुटवल लगायतका खेलहरु सम्पन्न हुने छन् ।
प्रतियोगिताको पहिलो दिन सोमबार बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । सोमबार भएको १५ सय मिटरको छात्रा दौडमा फुलकली मावी प्रथम भएको छ । निकै प्रतिस्पर्धाकाबीच फुलकलीकी लक्ष्मी यादव प्रथम भएकी हुन् । गौतमबुद्ध माविकी पुजा थारु द्धितीय हुँदा सिद्धार्थ स्मारक भेलाहीकी छमकला विक तृतीय भईन् ।
आज नै छात्र तर्फको १५ सय मिटर दौड पनि सम्पन्न भएको छ । मंगलबार (भोली) खेलकुदका अन्य प्रतियोगिताहरु सम्पनन हुने र पर्सी पुरस्कार वितरण कार्यक्रम गरिने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदको विकासबिना शिक्षाको विकास हुन नसक्ने बताएका छन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खनालले शिक्षा र खेलकुद एक अर्काका परिपुरक भएको बताउनु भयो । खेलकुदको विकासबिना शिक्षाको विकास हुन नसक्ने भन्दै उहाँले भन्नुभयो, “हरेक ब्यक्ति, समाज, विद्यालय र राष्ट्रको लागि खेलकुद अनिवार्य छ । यसले राष्ट्रको गरिमालाई अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउँछ । अहिले राज्यले नै खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै हरेक स्थानीय तहले पनि खेलकुदलाई महत्व दिनुपर्दछ ।”
स्थानयि तहमा गरिने यस्ता कार्यक्रमले ब्यक्तिको लुकेर रहेको प्रतिभा उजार हुने भएकाले हरेक स्थानीय तहले यसलाई उच्च प्राथमिकतामा राख्नु पर्ने उहाको भनाई छ । संविधान तह स्थानीय तहलाई खेलकुदका कार्यक्रम गर्न अनिवार्य गरिए पनि कतिले अल्छी गरेको सन्दर्भमा बुद्धधूमिले भने प्रसंनीय काम गरेको भन्दै उहाँले नगरलाई धन्यबाद दिनुभयो । खेलमा अनुशाषन र इमान्दारिता अनिवार्य भएकाले खेलाडीहरुलाई यस्ता कुरामा ध्यान राखेर खेल्न उहाँले खेलाडीलाई सुझाउनु भयो ।
मेयर श्रेष्ठले शिक्षा र खेलकुदको विषयमा नगरपालिका सचेत रहेको बताउनु भयो । शिक्षाको उद्धेश्य भनेकै बालबालिकाको प्रतिभा प्रस्फुटन भएकाले आफूहरुले आयोजना गरेको कार्यक्रमले थुप्रै प्रतिभाको पहिचानमा मद्धत पुग्ने उहाँको विश्वास छ । नगरपालिकाका निमित्त कार्यकारी प्रमुख लिल बहादुर राउतको स्वागत, श्रोत व्यक्ति खेमराज पौडेलको संचालनमा सम्पन्न उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख थानेश्वर घिमिरे, नेकपा नगर संयोजक पिताम्बर खनाल लगायतले बोल्नुभएको थियो । उद्घाटन सत्रमा बिभिन्न विद्यार्थीहरुले सलामी र मार्च पास र खुकुरी ड्रिलमा कला देखाएका छन् । प्रतियोगितामा भाग लिएका विद्यालयमा गठिन रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुले प्रमुख अतिथि खनाललाई सलामी दिएका थिए । प्रमुख अतिथि खनालले करिब ५ मिनेट निधारमा हात राखेर सलामी ग्रहण गर्नुभएको दृश्य निकै रमाइलो थियो । यस्तै गौतम बुद्ध मावि गोरुसिंगेका विद्यार्थीले आकर्ष खुकुरी ड्रिलको कला पनि दखाएका छन् । सो कला तालिम प्राप्त सैनिक र प्रहरी जवानको भन्दा कम थिएन । यस्तै सोमबार नै शैक्षिक सामाग्रीको प्रदर्शनी पनि सकिएको छ । प्रदर्शनीमा बालबालिकाहरुले सुचना, प्रविधि, विज्ञान, मौलिक कला र संस्कृति झल्कने, विष्यगत सुचना र शिक्षा दिने खालका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । प्रतियोगिताहरु इमिलिया खेलमैदान र नगरपालिकाको मैदानमा भइरहेका छन् ।






प्रतिक्रिया