८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म्यानचेस्टर डर्बीमा सिटीद्धारा युनाइटेड स्तब्ध



एजेन्सी । लिग कप (इएफएल) अर्थात काराबाओ कप फुटबल अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिमले शानदार प्रदर्शन गरेको छ ।लिग कप फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ३–१ को प्रभावशाली जित दर्ता गरेको हो ।घरेलु मैदानमा भएको खेलमा युनाइटेड कमजोर देखियो । १७ औँ मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट सिटीले सुरुवाति अग्रता लियो ।३३ औँ मिनेटमा रियाद महरेज तथा ३८ औँ मिनेटमा युनाइटेडका परेइराले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नै सिटीले ३–० को अग्रता लियो ।पछि परेको युनाइटेडका लागि ७० औँ मिनेटमा मार्कश रासफोर्डले एक गोल फर्काएका हुन् । सेमिफाइनलको दोस्रो लेग जनवरी २९ मा हुनेछ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ८ : १४ बजे