२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बसको ठक्करबाट स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीको मृत्यु



सलिम अन्सारी, प्युठान ।
प्युठानको स्वर्गद्धारी दर्शन गर्न आएका एक दर्शनार्थीको बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको यु।पी। जिल्ला सराबस्तीमाका अन्दाजी २६ वर्षीय गुरु प्रसाद यादव रहेको प्युठान प्रहरीले बताएको छ।

स्वर्गद्वारी नगरपालिका – २ बाईनेटामा स्वर्गद्वारीबाट दाङ तर्फ जार्दै गरेको ना ३ ख ५५५९ नम्बरको बसको ठक्करबाट उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सोहि बसको ठक्करबाट उक्त ठाउँका २३ वर्षीय नथुराम यादव घाईते भएका छन। उनको बाँया खुट्टा भाँचिएको छ । घाइते यादवलाई थप उपचारकोलागि दाङ लगिएको जनाईएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटोमा गाडीबाट झरेर पैदल हिडने क्रममा दुर्घटना भएको हो । अस्थायी प्रहरी पोष्ट स्वर्गद्वारीले गाडी र चालकलाई नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ४ : १० बजे