७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भोलि विप्लव पनि नेकपामा आउनुपर्छ, ढिला गरे फाइदा गर्दैनः प्रचण्ड



काठमाडौं ।  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् ।
विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् । ‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन’ पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मलाई भरोसा छ, एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।’
सानोसानो चुलो चौकी राखेर बसेका अरु कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि उनले एकठाउँमा आउन आग्रह गरे । देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ’ उनले भने ।
उनले अघि भने, ‘गरिहाले हिँडिहाले भनेर आफैंलाई, अनि देशलाई हानी पुर्‍याउने काम नगरीकन छिटो जोडिन आउन अरु साथीहरुलाई पनि अपिल गर्न चाहन्छु ।’

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  २ : ०४ बजे