८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

छत्रकोट गाउँपालिकाले अस्पतालमा जाने सुत्केरीको एम्बुलेन्स खर्च बेहोर्ने



गुल्मी ।

बर्थिङ सेन्टरमा महिला सुत्केरी हुन नसकी अन्य अस्पतालनमा लैजानु पर्ने अवस्था आए गाउँपालिकाले एम्बुलेन्स खर्च बापतको तीन हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सुरक्षित रुपमा स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनु पर्ने भन्दै बर्थिङ सेन्टरहरूमा सुबिधा उपलब्ध गराइरहेकै सन्दर्भमा यदि बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकि अन्य अस्पतालमा जानु पर्ने अवस्था आए एम्बुलेन्स खर्च बापतको तीन हजार गाउँपालिकाले दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।

अन्य सुविधा भने यथावत रहिआएको गाउँपालिकाले जनाएको छ।  महिलालाई स्वास्थ्य संस्थामानै गई बच्चा जन्माउनु पर्छ भन्ने शन्देस दिनका लागि यस्तो अभियान संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

अझै पनि कहि कतैका महिलाले घरमै बच्चा जन्माउने परिपाटी रहेको भन्दै घरमै बच्चा जन्माउने अवस्थाको अन्त्य गर्नका लागि सो निर्णय लिइएको पन्थले जानकारी दिए ।  यस्तै गाउँपालिकाले पोषण अन्तर्गतको कार्यक्रमबाट अण्डा र क्याल्सियम निशुल्क रुपमा बितरण गर्दै आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ५ : ४२ बजे