८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माईभ्याली गोल्डकपः आयोजकले पाहुना टोली सिक्किमको सामना गर्ने



इलाम ।
इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोस्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली सिक्किमको सामना गर्दैछ। इलामे मैदानमा यी दुई टोली पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा विजय हासिल गर्ने दाउमा आयोजक टोली मैदान उत्रने छ। प्रतियोगितामा पहिलोपटक सहभागी पाहुना टोली ग्यान्टोक आयोजकमाथि जित निकाल्दै उपाधिको दावेदारी प्रस्तुत गर्ने लक्ष्यका साथ उत्रिँदै छ ।

आयोजक टोलीले पछिल्लोपटक चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की ११ माथि ३–२ गोल अन्तरको जित निकालेको थियो। क्वाटरफाइनल खेलमा आयोजकलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदीले १–० गोल झिनो अन्तरले हराएको थियो। गत संस्करणको प्रतियोगिताको पहिलो खेलमै आयोजक टिमलाई भारतकै दार्जिलिङ युनाइटेडले १–० ले हराएको थियो। पाहुना टोलीले यसै महिना भारतकै १५औं सकुुना गोल्डकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। आजको खेल जित्ने टोलीले कोलकता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक टिम च्यासल क्लबका डिफेन्डर छिरिङ गुरुङ, लिगका उदीयमान खेलाडी दर्शन गुरुङ केही अफ्रिकन खेलाडीको साथमा मैदान उत्रने तयारीमा रहेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ४१ बजे