१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कोरोना महामारीः ज्यान गुमाउनेको संख्या आधा लाख बढी, संक्रमित करिब १० लाख



एजेन्सी ।
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।

बिहीबार रातीसम्म ५० हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन । संक्रमितको संख्या ९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार इटालीमा सात सय ६० र स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ ।

यसंगरि अमेरिकामा २ सय ४१, बेलायतमा पाँच सय ६९ र इरानमा एक सय ६६ जनाको ज्यान गएको छ ।

हालसम्म इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ३, अमेरिकामा पाँच हजार ३ सय ४३, फ्रान्समा ४ हजार ३२, चीनमा ३ हजार ३ सय १८ र इरानमा ३ हजार एक सय ६० जनाले ज्यान गुमाएका छन् ।

यसैगरि बेलायतमा २ हजार ९ सय २१ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  १० : १३ बजे