८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाजुको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ



दाङ ।
दाङमा दाजुको हत्या गरी फरार भएका व्यक्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका- १, रसरीखोलाका २४ वर्षीय जसराम कामीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

गएको चैत १९ गते ३२ वर्षीय दाजु प्रेमबहादुर कामीको हत्या गरी फरार रहेका जसरामलाई खेतमा लुकिछिपी बसेको अवस्था मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रक्सी खाएर दाउराको चिर्पटले हान्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा गएको चैत २० गते ज्यान गएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ३ : १५ बजे