६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बार्सिलोनाका ६ जना बोर्ड सदस्यद्धारा राजीनामा



काठमाडौं ।
स्पेनिस महारथी क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन्।
उनीहरुले क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई आफूहरुले पद छोडेको जानकारी गराएका हुन्। उपाध्यक्षद्वय इमिली रोउसान्ड र इनरिक तोम्बास तथा चार जना निर्देशकहरु सिल्भियो एलियस, मारिया टेइजिडोर, जेसेप पोन्ट र जोर्डी कासमिग्लियाले पदबाट राजीनामा दिएका हुन्।

उनीहरुले अध्यक्षलाई पत्र लेख्दै क्लबको नेतृत्वप्रति प्रश्न उठाएका छन्। साथै कोरोनाभाइरसका कारण बार्सिलोनाले बेहोर्नु पर्नेको क्षतिपछि कसरी पुनरागमन गर्छ भन्ने विषयमा विचार गर्न नेतृत्वका लागि चुनौतीपूर्ण हुने उल्लेख गरेका छन्। अध्यक्ष बार्तोमेउ सन् २०१५ को जुलाईदेखि बार्सिलोनाको नेतृत्वमा छन्। यो सिजनमा भने उनी व्यवस्थापनको विषयमा बढि नै दबाबमा छन्।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ४ : ४३ बजे