८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

५ लाख ६० हजारसहित ७ जुवाडे पक्राउ



बर्दिया ।
बर्दियामा ५ लाख ६० हजार ९० रुपैयाँसहित ७ जुवाडे पक्राउ परेका छन् । बासगढी नगरपालिका–५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बासगढी नगरपालिका–५ बस्ने ५७ वर्षीय सुरेश रेग्मी, ५५ वर्षीय सोधे विष्ट, ४८ वर्षीय नरबहादुर वली, बढैयाताल गाउँपालिका–७ बस्ने ५१ वर्षीय श्रीकृष्ण गिरी, बाँके कोहलपुर नगरपालिका–१० घर भएका ३८ वर्षीय पुरन गिरी, कोहलपुर नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम कुँवर र कोहलपुर नगरपालिका–११ बस्ने २८ वर्षीय शिसिर गिरी रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : १२ बजे