२९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026

राजनीतिक दलसम्बन्धी अध्यादेश ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’- राजपा




काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्ने सरकारको निर्णय राष्ट्रिय जनताले बेमौसमी भएको बताएको प्रतिक्रिया दिएको छ ।
संयोजक भण्डारीले ओलीको यो कदम नेपालका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेजस्तो भएको बताउँदै राजपा नेपाल यो गेमबाट बाहिर छ । देश यस्तो अवस्थामा छ, भोलि के हुने हो कुनै ठेगान छैन, यो कानुन संशोधनको कुनै तुक छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बेमौसमी बाजा बताएको पनि उनले टिप्पणी गरे । ‘प्रधानमन्त्री ओलीले बेमौसमी बाजा बजाएको कुरा गर्नुहुन्थ्यो । आज आफैले बेमौसमी बाजा बजाउनु भएको छ’ उनले भने । भण्डारीले राजपा नेपाल अहिले राजनीतिक विषयवस्तु भन्दा अहिलेको संकटको घडीबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रीत रहेको बताए ।

राजपा नेपाल फुट्दै छ भन्ने चर्चा छ नि भनि राखिएको जिज्ञासामा उनले भने, ‘चर्चा धेरै कुराको हुन्छ तर त्यो सम्भव छैन, राजपा नेपाल यस्तो खेलमा छैन ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि राजनीति तरंगित भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ६ : ४२ बजे