९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

दाङका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी रहेको खुल्यो



काठमाण्डौँ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ खर्चवा खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ। लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन्।
तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी भन्ने अझैं एकिन भइ नसकेको जानकारीदिनुभयो ।

उहाँ काठमाडौंमै क्वारेन्टिनमा रहेको भन्नेसम्म जानकारी दिइएको छ,’ केसीले भन्नुभयो उहाँ यो बीचमा दाङमा आएको रेकर्ड छैन।’ ती व्यक्तिका बारेमा थप कुरा पत्ता लगाउने प्रयास भइरहेको केसीले बताउनु भयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ३२ बजे